काठमाडौँ-कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न छिट्टै कृषि ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ।
एक महिनाभित्रै मन्त्रीपरिषद्मा कृषि ऐन पेस गर्ने तयारी रहेको कृषिमन्त्री अधिकारीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘राष्ट्रिय कृषि ऐन बन्ने क्रममा छ। सम्भवत महिना दिनमा मन्त्रीपरिषद्मा पठाइने छ।’
मन्त्री अधिकारीले किसानको हितका लागि काम गर्ने योजना आफूले बनाएको बताउनुभयो।
मुलुकमा आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने मन्त्री अधिकारीले बताउनु भयो । उहाँले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । यस कार्यका लागि कृषि ऐनले सहयोग पु¥याउने उहाँले बताउनु भयो।




प्रतिक्रिया