अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको गठबन्धनमा कुनै उथलपुथल हुँदैन: महामन्त्री थापा

अहिलेको गठबन्धनमा कुनै उथलपुथल हुँदैन: महामन्त्री थापा


बुटवल-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको गठबन्धन साढे ३ वर्ष नै चल्ने दाबी गर्नुभएको छ। कांग्रेस रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि उथलपुथल नहुने बताउनु भएको हो।

महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धन पूरा समय चल्ने दाबी गर्नुभयो। कांग्रेस रुपन्देहीको आयोजनामा मंगलबारदेखि सुरु भएको ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनमा बोल्दै थापाले कांग्रेस र एमालेले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताउनु भयो । साथै उहाँले विगतमा पनि यी दुई पार्टीले गरेको समिकरण निश्चित उद्देश्य पूरा गर्नकै लागि भएको बताउनु भयो।

‘कांग्रेस र एमालेको सरकार पहिलो पटक अहिले मात्र बनेको त होइन,’महामन्त्री थापाले भन्नुभयो, ‘यसअघि २०४७ सालमा, २०५६ मा, २०६२/६३ मा २०७० सालमा दुई दल मिलेर नै सरकार बनाएका थियौं । जे काम गर्न भनी मिलेका छौं, त्यो पूरा हुन्छ।’

महामन्त्री थापाले संविधान गतिशील दस्तावेज भएको र यसलाई संशोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो। उहाँले कांग्रेसले सुरु गरेको प्रशिक्षण देशभरि नै चल्नेसमेत जानकारी दिनुभयो। ३ दिनसम्म चल्ने प्रशिक्षणमा गोविन्द पोखरेल, सुरेश आचार्य, छन्दकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिने छन् ।