अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नबिल बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा लोड गर्न मिल्ने

नबिल बैंकको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा लोड गर्न मिल्ने


काठमाडौं-डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन्।

यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरुले सरल तथा सुलभ रुपमा आईएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास राखिएको छ। 

आईएमई पे आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।