अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन

वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन


काठमाडौं-वनस्पतिविद् एवं लेखक डा.तीर्थबहादुर श्रेष्ठद्वारा लिखित ‘नेपाल अध्ययन (भाग ३): समाज, संस्कृति र प्रकृति’ २०८१ भदौ ७ गते पुस्तक विमोचन गरिएको छ।

वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल अध्ययन (भाग ३): समाज, संस्कृति र प्रकृति’ २०८१ भदौ ७ गते ललितपुरको पाटनढोका, यलमायाकेन्द्रमा विमोचन गरिएको थियो।

एक कार्यक्रमका बीच उक्त पुस्तकको लेखकका पत्नी तिमिला श्रेष्ठ, शिक्षक मासिकको मातृसंस्था ज्ञान विज्ञान शैक्षिक सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण उप्रेती, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले संयुक्त रुपमा विमोचन गर्नुभएको हो।

उक्त पुस्तक शिक्षक मासिककाे नेपाल अध्ययन स्तम्भमा छापिएका डा. श्रेष्ठका याे तेस्रो सँगालाे हो। विगत १६ वर्षमा याे स्तम्भ अन्तर्गत शिक्षकमा ११५ वटा लेख छापिएका छन् ।

यसअघि डा. श्रेष्ठका नेपाल अध्ययन (भाग १): भू-स्वरुप र हावापानी र नेपाल अध्ययन (भाग २): वन, वनस्पति र प्राणी पुस्तक प्रकाशित गरिसकेको छ। नेपालकाे भू-स्वरुप र हावापानीबारे विभिन्न कोणबाट विवेचना गरिएका २५ वटा लेख पुस्तकाे पहिलाे भागमा समेटिएका छन् । त्यस्तै वन, वनस्पति र प्राणी सम्बन्धी ५१ वटा दोस्रो भागमा लेख रहेका छन् । संग्रहकाे तेस्रो शृंखलामा नेपालको समाज, संस्कृति र प्रकृति सम्बन्धी विभिन्न ३९ वटा निबन्ध समाविष्ट छन् ।

पुस्तक विमोचन साथै  बालबालिकाको शिक्षा र वैयक्तिक सुरक्षाको सन्दर्भमा प्रकृति-बोध अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो।

को हुन् डा. श्रेष्ठ

महाबौद्ध, काठमाडौंमा वि.सं. १८८४ (सन् १८३७) मा जन्मनुभएका वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठले दरबार हाईस्कूल र त्रिचन्द्र कलेज हुँदै भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट स्नातकोत्तर र (सन् १८६१)  फ्रान्सको ग्रेनोवल विश्वविद्यालयबाट विद्यावारिधि (कर्णाली क्षेत्रको वन-वनस्पति र पर्यावरण, सन् १८७७) गर्नुभएको हो।

 वि.सं. २०१७ देखि २०४७ सम्म वनस्पति विभागको सरकारी सेवामा आवद्ध डा. श्रेष्ठले वि.सं. २०३६ देखि २०४७ को अवधिमा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा विज्ञान विधाको प्रतिनिधित्व गर्ने सदस्य र पछि सदस्य-सचिवको जिम्मेवारी सम्हाल्नुभयो। उहाँ सो प्रतिष्ठानको आजीवन सदस्य हुनुहुन्छ।

सरकारी सेवाबाट अवकाश प्राप्त गरिसकेपछि पनि डा. श्रेष्ठ आफ्नो विज्ञताको क्षेत्रमा निरन्तर सक्रिय रहनुभएको छ। यस अवधिमा उहाँले राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, नेपाल सरकारका वनस्पति विभाग, वन विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा परामर्शदाताको रूपमा संलग्न भई नेपालको प्रकृति एवं प्राकृतिक सम्पदा संरक्षणमा उल्लेख्य योगदान पुयाउनुभएको छ।

प्रकृति संरक्षणको क्षेत्रमा आजीवन सेवा पुयाएवापत डा. श्रेष्ठलाई विश्व वन्यजन्तु कोषले अब्राहम संरक्षण पुरस्कार ९सन २००५० तथा भारतको आसामस्थित बालिपारा फाउण्डेसनले लाइफ टाइम्स सर्भिस अवार्ड (सन् २०१६)प्रदान गरेका छन्। विज्ञानको ज्ञान सञ्चारसँगै नेपाली भाषाको सेवा गरेवापत मदन पुरस्कार गुठीले उहाँलाई वि।स। २०६३ को जगदम्बाश्री पुरस्कारबाट सम्मानित गरेको छ।

यसबाहेक नेपाल सरकारका तर्फबाट उहाले प्रबल गो.द.वा. (चौथो) वि.सं. २०२६, प्रबल त्रिशक्ति पट्ट (चौथो) वि.सं. २०३२, प्रबल गो. द. वा. (दोस्रो) वि.सं. २०४३, राष्ट्रिय वनस्पति पुरस्कार वि.सं. २०६८, सुप्रबल जनसेवाश्री वि.सं. २०७० तथा सुकीर्तिमय राष्ट्रदीप (तृतीय) वि.सं. २०७७ पनि प्राप्त गर्नुभएको छ।

डा. श्रेष्ठका वन-वनस्पति, जैविक विविधता एवं पर्यावरण सम्बन्धी अनुसन्धानात्मक एवं चेतनामूलक १० वटा अंग्रेजी भाषाका पुस्तक एकल एवं संयुक्त लेखनीमा प्रकाशित छन्। नेपाली भाषामा लेखिएका पुस्तकहरूमध्ये-बालविज्ञान प्रश्नोत्तर (वि.सं. २०४०, नेरा प्रपा, नेपाल-नखुलेका पाटाहरू (हिमाल किताब, वि.सं. २०६६, बुक हिल वि.सं. २०७६), जलवायु परिवर्तनः बुझौ र बुझाऊँ (नेपाल वातावरण पत्रकार समूह वि.सं. २०६८) तथा नेपाल-अध्ययन (भाग-१): भू-स्वरूप र हावापानी, (शिक्षक मासिक वि.सं. २०७५), नेपाल-अध्ययन (भाग-२): वन, वनस्पति र प्राणी (शिक्षक मासिक वि.सं. २०७७) र नेपाल-अध्ययन (भाग-३): समाज, संस्कृति र प्रकृति (शिक्षक मासिक वि.सं. २०८१) रहेका छन्

नेपाली जनमानसलाई नेपाल र नेपालको प्राकृतिक सम्पदा बारे ज्ञान-विज्ञान र प्रविधिका कुराहरू सुरुचिपूर्ण तरिकाबाट संप्रेषण गर्ने प्रयासमा डा. श्रेष्ठका लगभग ५०० लेख, निबन्धहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।