अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण


सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा  आएको भीषण बाढीले पूर्णरुपमा क्षति पु(याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा-२ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो। बाढीले गाउँपालिकाको तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो।

बाढीले क्षति पु(याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिमार्ण भईसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो। बाढीले क्षति पुर्‍याएको माकालमा भने मोटरेबल पुल निमार्ण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो।

वडा-२ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुङ्गे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताउनुभयो। तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो।

पुलमा क्षति पुगेपछि सङ्घ र प्रदेश सरकारलाई पटक-पटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो। कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुनः निमार्णको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ।

सो पुलमा विसं २०७८ असार १ गतेको बाढीलेसमेत क्षति पुर्‍याएको थियो। तात्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निमार्ण गरिएको थियो। त्यसको तीन वर्ष नबित्दै पुनः बाढीले क्षति पुर्‍याएको हो। एक सय ६२ मिटर लामो पुल रु ३४ लाख लागतमा पुनःनिर्माण गरिएको छ। त्यस्तै वडा-१ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल रु १३ लाखमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

Skip This