अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ब्लु क्रस हस्पिटल प्रालि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

ब्लु क्रस हस्पिटल प्रालि र प्रभु बैंकबीच विशेष छुट सम्झौता


काठमाडौं-प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लु क्रस हस्पिटल प्रालिमा विशेष छुट मिल्ने भएको छ।

अस्पताल र बैंकबीच अस्पतालको सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको हो। 

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन्।