अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एनआईसी एशिया बैंकद्वारा दशैं र तिहार विशेष अफर सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा दशैं र तिहार विशेष अफर सार्वजनिक


काठमाडौं-एनआईसी एशिया बैंकले दशैं र तिहारको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। बैंकले ग्राहकले इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्ने जनाएको छ। जसमा अधिकतम नगद फिर्ता रकम १० हजार रुपैयाँ सम्मको हुने उल्लेख गरेको छ।

बैंकका ग्राहकले एनआईसी एशिया मो बैंक एप वा एनआईसी एशिया डेबिट र क्रेडिट कार्ड प्रयोगमार्फत क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्नुपर्ने छ भने अफरमा एनआईसी एशिया क्रेडिट कार्डसहित इएमआई सुविधा उपलब्ध हुँदा ग्राहकले सहज किस्तामा भुक्तानी गर्न सक्ने बैंकले बताएको छ।