अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टद्वारा राजीनामा

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टद्वारा राजीनामा


काठमाडौं-पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिनु भएको छ। शुक्रबार पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष राजीनामा बुझाउनु भएको हो।

आगामी असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन हुन नसक्नुका सबै कमजोरीको नैतिक जिम्मेवारी लिँदै आफूले पदबाट राजीनामा दिएको बताउनु भयो।

यसअघि गत भदौ २४ गते महासंघका अध्यक्ष विपुल पोखरेलले पनि तोकिएको समयमा निर्वाचन गर्न नसकिएको भन्दै राजीनामा दिनुभएको थियो।

उहाँले राजीनामापत्रमा भन्नुभएको छ, ‘पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्‍याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो। संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर भुल भएको स्वीकार गर्नु पर्दछ।’