काठमाडौं-सहकारी ठगीमा कास्कीमा थुनामा रहेका कुमार रम्तेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सहकारीबाट पैसा लगेको बयान दिनुभएको छ।
संसदीय छानबिन समितिले गरेको सोधपुछका क्रममा रम्तेलले आफ्नो नाममा खडा गरिएको ऋण कृत्रिम भएको उल्लेख गर्नुभएको छ। रम्तेलले आफूले चिनेको रवि लामिछाने पूर्व गृहमन्त्री रवि लामिछाने नै भएको दाबी गर्नुभएको छ।
‘मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले यो यो कुरा पुष्टि हुन्छ,’ रम्तेलले बयानमा भन्नुभएको, ‘त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने नै हुन् भन्ने कुरा यकिन साथ भन्न सक्छु।’
रम्तेलले ग्यालेक्सी टीभी अवस्था विग्रिनुमा रवि लामिछाने कारण रहेको बयानमा भन्नुभएको छ। नारायणगढ– बुटवल खण्डको दबाब यात्रामा लामिछाने रहेको बेला दीपक बोहोरा मार्फत फोन गरेर उक्त बताएको उहाँले बयानमा भन्नुभएको छ। पाँच वर्ष टिभीमा काम गर्ने सहमति गरेर लामिछानेले वीचमै छोडेको रम्तेलको बयानमा छ।




प्रतिक्रिया