अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट


काठमाडौँ-प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरूबीच आज भएको भेटमा द्वीपक्षीय हित एवं पारस्परिक सम्बन्धका विविध विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमका भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास व्यक्त गरेको छ।