अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कतारको राजदूतमा पौडेल नियुक्त

कतारको राजदूतमा पौडेल नियुक्त


काठमाडौं-कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त हुनुभएको छ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ उपधारा (१) बमोजिम कतारका लागि नेपालको राजदूतमा उहाँलाई नियुक्त गर्नुभएको हो।

राष्ट्रपतिका कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले पौडेललाई राजदूतमा नियुक्ति गरिएको जानकारी दिएका छन् ।