अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण


काठमाडौं-नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाउनुभएको छ।

सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाउनुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो। यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ।