अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन


मनाङ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको छ।

सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको हो। सो अवसरमा उहाँले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिनुभएको थियो।

यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमनपछि  सञ्चारमन्त्री गुरुङले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ।’