अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले महासचिव पोखरेललाई भ्रातृशोक

एमाले महासचिव पोखरेललाई भ्रातृशोक


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ। महासचिव पोखरेलका दाजु देवी पोखरेलको ७४ वर्षको उमेरमा शुक्रबार राति दाङमा निधन भएको हो। 

नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका स्व. पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन्। उहाँ लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेको परिवारले जानकारी दिएको छ ।

उहाँको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारले जनाएको छ।

पितातुल्य दाजुको निधनको शोकका कारणले यस बीचमा तय भएका कार्यक्रमहरुमा उपस्थिति हुन नसक्ने महासचिव पोखरेलले जानकारी दिनु भएको छ। उहाँले भन्नुभएको छ, ‘सन्देस पत्रिकाका माध्यमवाट दङ्गालीको सन्देस झापालीलाई भन्ने कविताका माध्यमबाट झापा विद्रोहको झिल्कोलाई राष्ट्रव्यापी बनाउन भूमिका खेल्नुहुने नेकपा(एमाले)का केन्द्रीय सल्लाहकार तथा मेरो सहोदर दाजु देवी पोखरेलको असमयिक निधनवाट हाम्रो सिंगो परिवार स्तव्ध भएको छ। हजुर आमा र आमाको संरक्षणमा हुर्कीएको हाम्रो परिवारमा उहाँले सानै उमेरमा अभिभावकीय हिसावले वुवाको भूमिका निर्वाह गर्नुपर्यो। पितातुल्य दाजुको निधनको शोकका कारणले यस बीचमा तय भएका कार्यक्रमहरुमा मेरो उपस्थिति नरहने जानकारी गराउँदछु।’

‘आज म जहाँ छु उहाँले कोरेको गोरेटोमा हिड्दाको परिणाम हो । उहाँको विचार र भावनाको पार्टी निर्माण गर्न अझै बाँकी छ । त्यो यात्रा जारी छ, जारी रहने छ। भौतिक रुपमा तपाई हाम्रो बीचमा नरहे पनि हाम्रो हृदयमा तपाई सदैव अमर हुनुहुन्छ ।’