अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ: मन्त्री गुरुङ

नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ: मन्त्री गुरुङ


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक,  शैक्षिकलगायत बहुआयामका रुपमा प्रगाढ रहँदै आएको बताउनुभएको छ।

बागबजारस्थित काठमाडाँै मोडेल कलेजमा आज भएको ‘भारत–नेपाल फ्रेन्डसीप समिट २०२४ः ग्लोबलाइजेशन एन्ड सोसियो–इकोनोमिक डेभलोपमेन्ट’ कार्यक्रममा मन्त्री गुरुङले नेपाल र भारतको शैक्षिक सम्बन्ध बलियो हुनसके दुवै देशबिचको ज्ञान सीप तथा कला कौशल आदानप्रदानमा सहज हुने बताउनुभयो ।

“दिगो विकासका लागि दुवै मुलुक सहकार्य गरेर अघि बढ्दै आएका छाँै”, मन्त्री गुरुङले भन्नुभयो ।

समिटले बौद्धिक र शैक्षिक बसह सिर्जना गर्ने तथा कुशल शैक्षिक नेतृत्व निर्माण गर्न सघाउ पुग्ने उहाँले धारणा राख्नुभयो । कार्यक्रममा मन्त्री गुरुङले हौसलास्वरुप विभिन्न शैक्षिक विधाका अब्बल व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

ग्लोबल लिड्र्स फाउन्डेशनको प्रमुख आयोजना र काठमाडाँै मोडेल कलेजको सह–आयोजनामा उक्त समिट सम्पन्न भएको हो । फाउन्डेशनका प्रिन्सिपल रमेश त्रिपाठीले शैक्षिक क्षेत्रमा बहस गर्न समिट आयोजना गरिएको बताउनुभयो ।

–––