अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे चीन प्रस्थान

राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे चीन प्रस्थान


काठमाडौँ । संघीय संसद्, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको छेन्दु प्रस्थान गर्नुभएको छ।

चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गर्नुभएको हो।

कार्तिक २८ देखि ३० गते सम्म हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो।

उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्ने र जनकंग्रेसका प्रान्तीय पदाधिकारी तथा प्रान्तीय विशिष्ट पदाधिकारीहरूसँग भेटवार्ता गर्नुहुने छ । उहाँ भ्रमण सम्पन्न गरेर मङ्सिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।