अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रविप्रति योगेश भट्टराईको कटाक्ष: सिंहलाई सिंह कै रूपमा रहन दिऊ, इकोसिस्टम नबिगारौँ !

रविप्रति योगेश भट्टराईको कटाक्ष: सिंहलाई सिंह कै रूपमा रहन दिऊ, इकोसिस्टम नबिगारौँ !


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई बाघसँग तुलना गरेपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले कटाक्ष गर्नुभएको छ। उहाँले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताउनुभएको छ। 

मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा रास्वपाका सभापति लामिछानेले ‘बाघलाई खोरमा थुनेर स्याल हुँदैन’ भनी दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै सचिव भट्टराईले इकोसिस्टम नबिगारौँ भन्दै कटाक्ष गर्नुभएको हो ।

मानिसले आफू सिंह हुँ भन्ने ठानेपछि बिग्रिने बताउनुभएको छ। ‘जब मानिसले आफूलाई सिंह ठान्छ तब कुरा बिग्रन्छ’, सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ। 

मानिसले आफ्नो मौलिक चरित्र गुमाएपछि दम्भी र घमण्डी हुने भट्टराईको दाबी छ। ‘उसले मानिसको मौलिक चरित्र गुमाउँछ अनि, ऊ दम्भी र घमण्डी बन्छ, हिंस्रक बन्छ, कमजोरमाथि जाइलाग्छ, नियम कानुन मान्दैन, अरूको अस्तित्व अस्वीकार गर्छ’, उहाँले लेख्नु भएको छ । 

सिंहको चरित्र लोकतन्त्रले नस्विकार्ने उहाँले उल्लेख गर्नुभएको छ । ‘लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्छ, त्यसैले मान्छेलाई अझ राम्रो मान्छे बनाऊ, सिंहलाई सिंह कै रूपमा रहन दिऊँ, इकोसिस्टम नबिगारौँ’, उहाँले लेख्नु भएको छ।