अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रवेशाज्ञाविना नेपाल पस्ने दुई बंगलादेशी पक्राउ

प्रवेशाज्ञाविना नेपाल पस्ने दुई बंगलादेशी पक्राउ


काठमाडौं- प्रवेशाज्ञाबिना नेपाली भूमिमा प्रवेश गरेको आरोपमा दुई जना बंगलादेशी नागरिक काँकडभिट्टामा पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो।

आफ्नो परिच खुल्ने कुनै कागजपत्र नभएका उनीहरूका साथबाट एक हजार पाँच सय टाका र दुईवटा मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज विष्टले जानकारी दिनुभयो।
उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ। उक्त कार्यालयले आज उनीहरूलाई काठमाडौँस्थित अध्यागमन विभागमा पठाउने जनाएको छ। रासस