काठमाडौं काठमाडौंको कीर्तिपुर नगरपालिकामा मतदान भइरहेकाे छ। कीर्तिपुरमा मेयर तथा वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि मतदान भइरहेको छ।
कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट कृष्णमान डङ्गोल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सुरेन्द्र मानन्धर उम्मेदवार हुनुहुन्छ। यसैगरी माओवादी केन्द्रबाट शिवशरण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्जिनियर ध्रुव महर्जन, जनमत पार्टीबाट केशव श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट दीपक महर्जन, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन हुनुहुन्छ।
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो।
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्ने छन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया