बझाङ-बझाङको सुर्मा गाउँपालिका-४ मा वडा अध्यक्ष पदका लागि मतदान जारी छ। सुर्मा माध्यमिक विद्यालयमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनु भयो। निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको समेत उहाँकाे भनाइ छ ।
सुर्मा गाउँपालिका वडा नं ४ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो।
वडाअध्यक्षको पदका लागि नेपाली कांग्रेसबाट धिरेन्द्र पुजारा, एमालेबाट लखिचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रबाट पुष्कर बोहरा उमेदवार हुनुहुनुहुन्छ।
सुर्मा-४ मा कुल १ हजार ५ सय ५४ जना मतदाता रहेका छन्।
प्रतिक्रिया