काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ। आज बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गर्नुभएको हो।
शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।
प्रतिक्रिया