अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तिपुर-१ को अध्यक्षमा कांग्रेसका महर्जन विजयी

कीर्तिपुर-१ को अध्यक्षमा कांग्रेसका महर्जन विजयी


काठमाडौं-कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार, नेकपा एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १७३ मत प्राप्त गरेका छन् । २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हिरा लाल महर्नन ७ सय ७८ मतसहित विजयी भएका थिए।