जाजरकोट-जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित हुनुभएको छ। लामिछानेले ४ हजार २७२ मतका साथ विजयी हुनुभएको हो।
उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गर्नुभयाे । नेकपा एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत पाउनु भएको छ।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी हुनु भएको थियो । २०८० कात्तिकमा जाजरकोटमा आएको भूकम्पमा परी सिंहको निधन भएपछि रिक्त पदपूर्ति गर्न नलगाड नगरपालिकामा अहिले उपनिर्वाचन गरिएको हो ।
प्रतिक्रिया