अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणको सिलसिलामा सोमबार चीन भ्रमणमा गएपछि राष्ट्रपतिले उहाँको अनुपस्थितिमा गर्नुपर्ने दैनिक प्रशासनिक कार्य गर्नका लागि संविधान बमोजिम सिंहलाई जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ ।