अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मानित

सांसद चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मानित


काठमाडौँ-नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित हुनुभएको छ।

बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहनुभएकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ । सांसद चौधरीलाई मङ्सिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा सम्ममानीत गरिएको हो।

सम्मानित भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफूले समाज रूपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताउनुभयो। मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवर्द्धनमा आफू सदैव सक्रिय भएर अगाडी बढ्ने बताउँदै सम्मानित हुन पाउँदा गौरवान्तिक भएको बताउनुभयो।

२०७२ सालको संविधानले सबै खाले विभेदहरूको अन्त्य गरेको भए पनि समाजमा विभेदहरू रहेको जनाउँदै गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकिर गर्नुभयो । “नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भए पनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरू छन् । परम्परागत, सांस्कृतिक विभेदहरू छन् । महिलाहरू आर्थिक क्षेत्रमा पछाडि परेका छन् । ती सबै विभेदहरूको अन्त्यको लागि सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्छ,” मन्त्री चौधरीले भन्नुभयो । उहाँले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरूमा पनि राजनीति र समाजसेवा मार्फत समाजरुपान्तरण र आर्थिक सशक्तीकरणमा लागि रहने बताउनुभयो ।