वीरगञ्ज-सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विद्युतीय गाडी नामी र सेरेसको नयाँ शोरुम उद्घाटन गर्नुभएको छ।
नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि मोटर्सले वीरगञ्जमा नारायणी अटोकर्पसँगको साझेदारीमा सञ्चालन गरेको नयाँ शोरुम हिजो बुधबार मन्त्री गुप्ताले उद्घाटन गर्नुभएको हो।
उद्घाटनका क्रममा मन्त्री गुप्ताले नेपालभर आफ्नो प्रभाव विस्तार गर्ने र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्ल्यू वृद्धिको प्रतिबद्धतामा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। ‘नेपालको प्रमुख व्यापारिक सहरहरूमध्येको एक हो वीरगञ्ज। यहाँ यस प्रकारका प्रतिष्ठित कम्पनीहरूले आफ्नो सेवा विस्तार गर्नु समग्र वीरगञ्जवासीका लागि खुसी र गौरवको कुरा हो,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘यी र यस्ता प्रतिष्ठित अनि ठूला कम्पनीहरू वीरगञ्जमा अझै आउनुपर्छ र व्यापारिक गतिविधिहरू व्यापक बन्नुपर्छ।’
नामी र सेरेसको नयाँ शोरुम खुलेसँगै वीरगञ्जमा बिक्रेताको प्रभाव बढ्ने र खरिदकर्ताहरू लाभान्वित हुने विश्वास मन्त्री गुप्ताको छ । वीरगञ्ज निकै राम्रो सम्भावना बोकेका नयाँ–नयाँ बहुराष्ट्रिय कम्पनीहरूको व्यापारिकस्थल रहँदै आएको चर्चा गर्नुहुँदै मन्त्री गुप्ताले वीरगञ्जलाई आफ्नो मुख्य व्यापारिकस्थल बनाउन राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गर्नुभयो।
वीरगञ्जको मुटुमा रहेको प्रतिमा चोकमा अवस्थित नयाँ शोरुमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडलहरूको उत्साहजनक अनुभव प्रदान गर्ने एमएडब्ल्यू वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसालले बताउनु भयो। ग्राहकको अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा योग्य कर्मचारीहरूको एक समर्पित टोली व्यक्तिगत परामर्श र परीक्षण ड्राइभहरू प्रदान गर्न तयार रहेको उनको भनाइ छ। वीरगञ्ज शोरुमको उद्घाटनसँगै एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालमा आफ्नो प्रभाव बलियो बनाएको दाबी भुसालले गरेका छन्।
कार्यक्रममा एमएडब्ल्यू वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसाल, नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, नारायणी अटोकर्पका निर्देशक रवि केयाल र नारायणी अटोकर्पकै रवि बजाज लगायतका विशिष्ट अतिथीहरूको उपस्थितिमा रहेको थियो।
टेस्ट ड्राइभ क्याम्प पनि सञ्चालन
शोरुम उदघाटनको अवसरमा वीरगञ्जमा अहिलेसम्मकै ठूलो ‘एक्सचेञ्ज र टेस्ट ड्राइभ क्याम्प’ पनि सञ्चालन गरेको नारायणी अटोकर्पले जनाएको छ। यही मंसिर गते शुक्रबारसम्म हरेक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो क्याम्प सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।
क्याम्पले ग्राहकहरूलाई नवीनतम विद्युतीय सवारी साधनहरूको अन्वेषण र परीक्षण गर्ने, विशेष लञ्च अफरहरूको आनन्द लिने र उत्कृष्ट एक्सचेञ्ज मूल्य र अतिरिक्त बोनसहरूका साथमा आफ्नो सवारीलाई अपग्रेड गर्ने अनुपम अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।
आगन्तुकहरूले प्रत्येक नयाँ खरिदको साथमा अन–स्पट फाइनान्सिङ र निःशुल्क सामानहरूको फाइदा लिन सक्ने छन्। खानाका स्टलहरू, संगीत, परिवार–अनुकूल गतिविधिहरू र प्रत्येक टेस्ट ड्राइभ वा मूल्याङ्कनका लागि विशेष उपहारहरूको साथमा कार्यक्रम उत्साहपूर्ण भइरहेको बताइएको छ।
वीरगञ्जमा विरलै हुने यस कार्यक्रमको हिस्सा बन्ने र दिगो ड्राइभिङको भविष्यको अनुभव गर्ने मौका नगुमाउन कम्पनीले आफ्ना ग्राहक र आम सर्वसाधारणमा आग्रह गरेको छ।
प्रतिक्रिया