काठमाडौँ-प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङको नव निर्मित भवनको उद्घाटन गर्नुभएको छ।
बुधबार एक कार्यक्रमकाबीच महानिरीक्षक कुँवरले कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको उद्घाटन गर्नुभएको हो।
भवन उद्घाटनमा प्रहरी महानिरीक्षक कुँवरले उद्घाटन समारोहलाई सम्बोधन गर्दै सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पुर्वाधारहरुको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउनेमा कुनै दुई मत नभएको बताउनु भयो।
ग्रामीण भेग र शहरी भेगमा विभेद नगरी सुरक्षा प्रदान गर्न आवश्यक पूर्वाधार विकासका लागि नेपाल प्रहरीले पहल गरिरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया