बाजुरा-बाजुराको मार्तडीमा दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन्। सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्युु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन्। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टका आफन्त सवार सु प प्र ०१- ००१ च ४३१६ नम्बरको गाडी दुर्घटनामा परेको हो।
राधिका शिक्षा समन्वय एकाइ प्रमुख भट्टकी श्रीमती हुन्। गायत्री उहाँका भतिजा बुहारी हुन्। भतिजा मोहनदेव भट्ट र कार्यालयका भान्से रमेश धामी पनि घाइते छन्। धामी बाजुराकै गाैमूलका हुन्। मोहनदेवले गाडी चलाइरहेका थिए। अर्का आफन्त लोकेन्द्र भट्ट पनि घाइते छन्।
भर्खरै बाजुरा सरुवा भएर गएका शिक्षा एकाइका प्रमुख भट्टका आफन्त मन्दिरकाे दर्शन गरेर फर्किँदै गरकाे गाडी दुर्घटनामा परेको हो।
प्रतिक्रिया