अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा


काठमाडौँ-सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ।

आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

उहाँको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने बताइएको छ।