काठमाडौं-जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षता शुरु भएको हो। मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिबारसम्म चल्ने छ।
बैठकमा उपनिर्वाचनको समीक्षा र पार्टी नेतृत्वको भूमिकाबारे छलफल हुने प्रचार विभागले जनाएको छ। त्यस्तै, ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को समीक्षा पनि बैठकमा हुने बताइएको छ ।
प्रतिक्रिया