अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घरजग्गा व्यवसायलाई धराशायी हुन दिँदैनौँ: अर्थमन्त्री पौडेल 

घरजग्गा व्यवसायलाई धराशायी हुन दिँदैनौँ: अर्थमन्त्री पौडेल 


काठमाडौं-उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताउनु भएको छ।

आज काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारण सभा उद्घाटन पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठूलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धराशायी हुन नदिने बताउनु भएको हो।

‘जग्गा तथा आवासको विषयलाई निरपेक्ष रूपमा व्यवसायको मात्र अर्थमा बुझ्नु हुँदैन। यो राष्ट्र निर्माणको एउटा महाअभियानको महत्त्वपूर्ण अङ्ग हो । त्यसैले मुनाफाको लागि व्यवसायको रूपमा मात्र नभएर देश निर्माणको अभियानमा योगदान गर्ने व्यवसायीको रूपमा म सम्मान गर्न चाहन्छु। सरकारले यो व्यवसायलाई धराशायी हुन दिँदैन। यो म दाबीका साथ भन्छु’, अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘तपाईँहरूले भनेको सय प्रतिशत माग पुरा नहोला । यो व्यवसायलाई अगाडी बढाउनेगरि सरकारले यहाँहरुको समस्यालाई सुन्छ। समस्या समाधान गर्छ र व्यवसायलाई प्रवर्द्धन गर्छ।’