अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौँ: सञ्चारमन्त्री गुरूङ

समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौँ: सञ्चारमन्त्री गुरूङ


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले संविधान संशोधनद्वारा समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागिएको बताउनुभएको छ।

आदिवासी जनजाति आयोगद्वारा आज यहाँ आयोजित ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ मा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले संविधान संशोधनको विषय उठ्दा धेरै सीमान्तकृत समुदायको मनमा समावेशी र समानुपातिकमा आँच आउँछ कि भन्ने डर उब्जिएको हुँदा यस विषयमा प्रष्ट हुनजरूरी रहेको स्पष्ट पार्नुभयो।

‘संविधान संशोधन हुनु भनेको समावेशी र समानुपातिक प्रणाली हटिहाल्छ भन्ने होइन’, उहाँले भन्नुभयो, ‘यसलाई अझै व्यवस्थित र विधिवत् बनाउँदै जाने हो, ढुक्क हुनुहोस्, समावेशी प्रणाली रहिररहन्छ।’