अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकार महासङ्घ जुम्लाको अध्यक्षमा चौलागाईं

पत्रकार महासङ्घ जुम्लाको अध्यक्षमा चौलागाईं


जुम्ला-नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाको अध्यक्षमा पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन्। अध्यक्षका निकटतम प्रतिस्पर्धी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चौलागाईं अध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले जानकारी दिनुभयो। 

यहाँ कुल ५४ मतदातामध्ये ५३ मत खसेको थियो । अध्यक्ष चौलागाईंले २८ मत प्राप्त गर्दा शाहीले २५ मत प्राप्त गर्नुभयो । यस्तै वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र  समावेशी सचिवमा सरिता पराजुली यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै, सदस्यहरूमा मोहन शाही, टेक हमाल, सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।