अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा दर्नाल विजयी

पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा दर्नाल विजयी


सोलुखुम्बु-नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा सुवास दर्नाल विजयी हुनुभएको छ।

शुक्रबार बेलुका सम्पन्न मतगणनाअनुसार दिलबहादुर राईलाई पराजित गर्दै विजयी हुनुभएको हो। निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गर्नुभएको छ।

खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ ९राई०, सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित हुनुभएको छ।

यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित हुनुभएको छ। १३ वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय  दर्नाल राष्ट्रिय समाचार समिति ९रासस०का सोलुखुम्बु संवाददाता हुनुहुन्छ। उहाँ हिमाल एफएम सोलुखुम्बुका प्रबन्धक पनि हुनुहुन्छ । सोलुखुम्बुमा प्रेस युनियनले १७ वर्षपछि जित हासिल गरेको हो।