अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासङ्घ धनुषाको अध्यक्षमा पुरन साह

पत्रकार महासङ्घ धनुषाको अध्यक्षमा पुरन साह


धनुषा-नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित हुनुभएको छ। साहले ८२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी हुनुभएको छभने उहाँका प्रतिस्पर्धी सञ्जीवकुमार झाले ४० मत प्राप्त गर्नुभयो। महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी बरुणा कर्णले ४७ मत प्राप्त गर्नुभयो।

सचिवमा बटुकनाथ झा ५६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सुभाष कर्ण र विकास साहले ३८–३८ मत प्राप्त गर्नुभयो । सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रमोदकुमार साहले ६४ मत पाउनुभयो। सहसचिव समावेशीअन्तर्गत दीपेश मल्लिक ७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी भोला यादवले ३९ मत प्राप्त गर्नुभयो।

कोषाध्यक्षमा गोविन्द महतो ६८ मतसहित विजयी हुुनुभयो । उहाँका प्रतिस्पर्धी रामकमल महतोले ५९ मत पाउनुभयो । दलित सदस्यमा दिलीप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातिमा लक्ष्मी चौधरी, खुल्ला सदस्यमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुर, सुमित मिश्र, जीवनारायण झा, सपना कर्ण , समावेशी-मुस्लिम, अपाङ्गता सदस्य मो इन्तखाम आलम विजयी भएका छन् ।

प्रदेश परिषद् सदस्यमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित हुनुभएको छभने खुला अजयकुमार झा र मधेशीतर्फ श्रीनारायण साह निर्वाचित हुनुभएको छ।