अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा पोखरेल

पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा पोखरेल


उदयपुर-नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित हुनुभएको छ। मंसिर २८ गते शुक्रबार बेलुका सम्पन्न मतगणनाअनुसार भोटराज राईलाई पराजित गर्दै अध्यक्षमा पोखरेल विजयी हुनुभएको हो।  पोखरेलले ६० मत प्राप्त गरी विजयी हुँदा अध्यक्षका प्रत्यासी राईले ४२ मत प्राप्त गर्नुभएको निर्वाचन संयोजक कौशल चेमजोङले जानकारी दिनुभयो।

उपाध्यक्षमा विश्वराज तामाङ र महिला उपाध्यक्षमा रेनु पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ। सचिवमा तुलसीप्रसाद कोइराला, कोषाध्यक्षमा पुरुषोत्तम सापकोटा, सहसचिवमा देवराज राई निर्वाचित हुनुभएको छ।

यस्तै सदस्यहरुमा खेमराज दाहाल, अञ्जनी अधिकारी, शङ्कर रिखाम मगर निर्वाचित हुनुभएको छ। एक सय १० मतदाता रहेको पत्रकार महासङ्घ उदयपुरमा आज भएको निर्वाचितमा एक सय चार मत खसेको थियो।

उदयपुरमा प्रेस चौतारी र प्रेस युनियनको प्यानल विजयी नै विजय भएकाे हाे।