अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त


काठमाडौं-सार्वजनिक प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) पीएसबीको पहिलो अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त हुनुभएको छ।

अध्यक्षका लागि स्वीकृत भएका १० उम्मेदवारमध्येबाट विष्टलाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उहाँले नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसक्नुभएको छ।

नियुक्ति सिफारिस गर्न गठित सिफारिस समितिले विष्टसहित दीपक पाठक, चिन्तामणि बराल, केदारनाथ कोइराला, सुवोध गौतम, शालिग्राम सुवेदी, रमेशकुमार खड्का, लक्ष्मण हुमागाईं, भुवनराज भट्ट र अच्युतमकुमार पोखरेललाई सिफारिस गरेको थियो।