अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय एकता आजको आवश्यकता हो, घृणा फैलाउने हाम्रो मौलिकता होइन: प्रधानमन्त्री ओली

राष्ट्रिय एकता आजको आवश्यकता हो, घृणा फैलाउने हाम्रो मौलिकता होइन: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षका बीचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको बताउनुभएको छ।
ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा पुस २ गते मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नकारात्मक प्रवृत्ति देखिएका भएपनि देश र जनताको अवस्था हिजोको जस्तो नभएको बताउनुभयो। ‘कतिपय मानिसहरूले भनिरहेका छन्, व्यवस्था बदलियो, अवस्था बदलिएन भनेर, व्यवस्था पनि बदलियो, अवस्था पनि बदलिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो।

नेपालमा पूर्वाधार, प्रविधि, जीवनशैली हरेक क्षेत्रमा परिवर्तन आएको प्रधानमन्त्रीओलीले बताउनुभयो। ‘हामी अगाडि बढिरहेका छौँ, अवस्था जहाँको त्यही छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो।

अहिले सरकार नागरिकको अभिभावक भएर प्रस्तुत भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो। केन्द्रदेखि, प्रदेश र स्थानीय तहसम्मका सरकार नागरिकको सेवाका लागि बनेका प्रधानमन्त्री ओलीले बताउनुभयो। ‘सरकारको काम शासन गर्ने होइन, सेवा दिने हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

नेपालमा २०८२ साल भित्र कुनै पनि सडकमा सडक मानव हुन नदिने उहाँले स्पष्ट पार्नुभयो। यसको लागि सरकारले आवश्यक व्यवस्था गर्ने सरकार नागरिकको सेवाका लागि बनेका प्रधानमन्त्री ओलीले बताउनुभयो।

कतिपय कुरामा विकृति देखिएका बताउँदै प्रधानमन्त्री ओलीले सरकार त्यसलाई सच्याएर अघि बढ्ने बताउनुभयो। सामाजिक सुरक्षाको क्षेत्रमा सरकार जिम्मेवार भएर प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताउनुभयो।

आफूलाई कुनै राजनीति गर्नु नभएको बताउँदै प्रधानमन्त्री ओलीले देशको अवस्थालाई माथि उठाउनु आफ्नो प्रमुख दायित्व भएको बताउनुभयो। त्यसैले आफू यसमा नै केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री ओलीले भ्रम र तनावले व्यक्ति आफैँलाई सिद्ध्याउन बताउँदै बिना तनाव काममा लाग्न आग्रह गर्नुभयो। जीवनलाई अत्यन्तै होसियारी साथ प्रयोग गर्न उहाँले सुझाव दिनुभयो।

विकृति जुनसुकै समाजमा पनि हुने बताउँदै ओलीले त्यसलाई चिरेर समृद्ध समाज निर्माणको बाटोमा तीव्रताका साथ अघि बढ्नु पर्ने धारणा राख्नु भयो। ‘सामाजिक न्याय र समानतामा आधारित भएर राष्ट्र निर्माणको लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । एकता आजको आवश्यकता हो, परस्परमा घृणा फैलाउने कुरा हाम्रो मौलिकता होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो।

नेपाल बुद्ध जन्मिएको शान्ति भूमि भएकोले नेपालले विश्वलाई शान्तिको सन्देश दिनु पर्नेमा उहाँले जोड दिनुभयो। प्रगतिको यात्रा कहिल्यै पनि पुरा नहुने भएकोले थप प्रगतिको बाटोमा अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।