काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेको बताउनु भएको छ।
आज मंगलबार ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन हुने समेत दाबी गर्नुभयो।
प्रधानमन्त्री ओलीले भ्रष्टहरुको मुख नभइ अपराध हेरेर कारबाही हुने बताउनु भयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशमा भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ। मैले भनेको छु, भ्रष्टहरुको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ। देशमा सुशासन हुन्छ। जनतालाई दुःख दिन कर्मचारीहरुले पनि पाउँदैन। दिनुहुँदैन।’







प्रतिक्रिया