अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा अस्मिता भण्डारी

विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा अस्मिता भण्डारी


काठमाडौ-विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा फेरि अस्मिता भण्डारी निर्वाचित हुनुभएको छ। महासंघको ११‍‍औँ महासम्मेलनले भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। 

जनकपुरधाममा पुस १ गते सोमबार भएको महाधिवेशनमा महासंघको अन्तर्राष्ट्रिय अध्यक्षको निर्वाचनका लागि उच्च अदालत पाटनका पूर्व मुख्य न्यायाधीश  शम्भुबहादुर खड्काकाे संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिको सदस्यहरूमा अधिवक्ता सुशीला ढकाल र भारतबाट अधिवक्ता रामनारायण चौधरी थिए ।   

सम्मेलनमा विश्व हिन्दु महासंघका अन्तर्गत भारत, नेपाल,अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरूबाट प्रतिनिधिहरूको सहभागिता थियो। त्यस्तै, जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम रोशन दास, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन  वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ लगायत भारतबाट विभिन्न सन्तहरू समेत सहभागी थिए ।