अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी ठगहरू अब जहाँसुकै भए पनि जोगिने अवस्था छैन: सूर्य थापा

सहकारी ठगहरू अब जहाँसुकै भए पनि जोगिने अवस्था छैन: सूर्य थापा


काठमाडौँ-सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारी ठग जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताउनुभएको छ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा सम्बोधन गर्दै संसदीय विशेष समितिले दिएको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढेको र सहकारी ठग जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताउनु भएको हो।

समितिका सभापति थापाले अब सहकारी ठगहरू आकाशमाथि, जमिनमुनि जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताउनु भयो। उहाँले भन्नुभयो, ‘म तपाईँहरूलाई भन्न चाहन्छु– अब सहकारी ठगीमा फरार व्यक्तिहरू आकाशमाथि, जमिनमुनि जहाँसुकै भए पनि अब जोगिने अवस्था छैन। प्रतिवेदनले यो काम गरेको छ। सबैलाई कानूनको दायरामा ल्याउँछ। पानी मुनि गए पनि छोड्दैन, आकाशमाथि गए पनि छोड्दैन।’