अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेत्रावतीको एउटै घरमा भेटिए २३ जनाको शव

बेत्रावतीको एउटै घरमा भेटिए २३ जनाको शव


नुवाकोट-नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीमा भोटेकोसी बाढीले पुरिएको एउटै घरभित्रबाट २३ जनाको शव फेला परेको छ।

मंगलबार खोज तथा उद्धारका क्रममा तीनतले घरको माथिल्लो तलाको एउटै कोठाबाट २१ वटा र घरको बाहिरी भागबाट थप दुईवटा शव फेला परेको उद्धारमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।

भदाै १० गते बुधबार भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले उक्त घर पुरेको थियो। बाढी आएपछि घरको माथिल्लो तलामा बसेर जोगिने प्रयास गरेकाहरू समेत बाढीको चपेटामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

फेला परेका शवहरूको हालसम्म पहिचान हुन सकेको छैन। तीमध्ये केही शव गोसाइँकुण्डतर्फ गएका तीर्थयात्रीहरूको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

शवको पहिचान तथा घटनाबारे थप विवरण संकलनका लागि खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।