अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेनको सिपाही आयो भन्ने बित्तिकै मानिसको भागाभाग छ: कैलाश ढुङ्गेल 

बालेनको सिपाही आयो भन्ने बित्तिकै मानिसको भागाभाग छ: कैलाश ढुङ्गेल 


काठमाडौं-नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले नेपालको परिवर्तनको नेतृत्व युवाले नै गरेको बताउनु भएको छ।

राष्ट्रिय युवा संघ नेपाल खाँडादेवी गाउँपालिका कमिटीको अधिवेशनलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले गङ्गालाल, पुष्पलाल, बिपी कोइराला, मदन भण्डारी सबैले युवा अवस्थामा नै देश र जनताको लागि योगदान गर्नुभएको ढुङ्गेलले बताउनुभयो। पछिल्लो समय केही युवा बरालिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। ‘युवा भनेको छ, बरालिएको छ, पाखुरा ठोकेको छ, कसैको मतलब छैन, कोसीको तिरमा बसेर बालुवा हेर्ने युवा हामीलाई चाहिएको होइन, हामीलाई वैचारिक युवा चाहिएको छ, नेतृत्व गर्ने युवा चाहिएको छ’, ढुङ्गेलले भन्नुभयो।

युवाले सही बाटोमा हिँड्नु पर्ने नेता ढुङ्गेलको धारणा छ। युवाले बाटो बिराए भने देश भड्खालोमा जाने उहाँले बताउनुभयो। ‘आज बालेनको सिपाही आयो भन्ने बित्तिकै मान्छेको भागाभाग छ, सुन्तला बेच्नेको भागाभाग छ, साग बेच्नेको भागाभाग छ’, उहाँले भन्नुभयो।

राज्यले कुनै पेसा व्यवसाय गर्ने नागरिकलाई लखेट्ने होइन व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो। राज्य भक्षकको रूपमा होइन रक्षकको रूपमा उपस्थित हुनुपर्नेमा उहाँको जोड छ।

बालेन युवा भए पनि नकारात्मक कुरा ल्याएको उहाँले बताउनुभयो। मानव अधिकारकर्मी र उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्नेहरू त्यसको विरुद्ध बोल्न नसकेका भन्दै उहाँले आलोचना गर्नुभयो।

भाँडभैलो मच्चाउने अराजकतावादीहरूको बाटो र लोकतन्त्रवादीहरूको बाटो अलग अलग भएको उहाँले बताउनुभयो। उहाँले भाँडभैलो मच्चाउनेहरूलाई अराजकतावादीको पक्षमा लाग्न र समृद्ध नेपाल बनाउन चाहनेहरूलाई लोकतान्त्रिक बाटोमा लाग्न आग्रह गर्नुभयो ।

Skip This