अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अपांग महासंघद्वारा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक लामिछाने सम्मानित

अपांग महासंघद्वारा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक लामिछाने सम्मानित


काठमाडौं- राष्ट्रिय अपांग महासंघ नेपालले राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेलाई सम्मान गरेको छ ।
महासंघको २२ औं वार्षिक साधारणसभाको अवसर पारेर अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन, विष्लेषण र विषयगत प्रतिवेदन प्रकाशनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै लामिछानेलाई आज सम्मान गरेको जनाएको छ । महिला बालबालिका तथा समाज कल्यण मन्त्री नवल किशोर सुडीले लामिछानेलाई सम्मान पत्र प्रदान गर्नुभएको हो ।
तीन दशक देखि तत्कालिन केन्द्रीय तथ्यांक विभाग र हालको राष्ट्रिय तथ्यांक कार्यालयको जनसंख्या शाखा प्रमुखको रुपमा कार्यरत लामिछानेले राष्ट्रिय जनगणना २०७८ मा अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन र ति तथ्यांकका आधारमा अपांगता भएका व्यक्तिको विषयगत प्रतिवेदन प्रकाशन गरेर अपांगता भएका व्यक्तिहरुका बारेमा नीतिगत तहमा पैरवी गर्न सहज वातावरण बनाइदिएको महासंघका अध्यक्ष देवी प्रसाद आचार्यले बताउनुभयो ।