अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त


 काठमाडौं-प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई २०८१ पुस १६ गते सचिव नियुक्त गर्नुभएको हो।

राष्ट्रपति पौडेलले मंगलबार झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ का राईलाई प्रतिनिधि सभा सचिव नियुक्त गरेकाे राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयाे।

सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो।

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई नियुक्त गरिएको हो।

राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गर्नुभएको छ।