अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभाका नवनियुक्त सचिव राईद्वारा आज शपथ लिँदै

प्रतिनिधि सभाका नवनियुक्त सचिव राईद्वारा आज शपथ लिँदै


काठमाडौँ-प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ।

सचिव राईको शपथ बिहान साढे ११ बजेलाई तय भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहण कार्यक्रम राखिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई २०८१ पुस १६ गते सचिव नियुक्त गर्नुभएको हो।

सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो।

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई नियुक्त गरिएको हो।

राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गर्नुभएको छ।