अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन

पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन


काठमाडौं-पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ। २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहले उहाँलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए। राजदूतका रुपमा नियुक्ति पाउने उहाँ नै पहिलो नेपाली महिला हुन् ।

 उहाँ सन् १९९१ मा भारतबाट फर्केपछि परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवसम्म भएर काम गर्नुभएको थियो।

उहाँको जन्म भारतको खर्साङमा भएको थियो । त्यहीँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी उहाँले अमेरिकाको कोलिम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट स्नातक गर्नुभएको थियो।