अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन


काठमाडौँ-बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा सचिनको बिहिबार बिहान निधन भएको हो। अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे। 

गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए।

भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन् भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।

हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको  ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन्।