अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पार्टीमा अनुशासन आवश्यक: महासचिव पोखरेल

पार्टीमा अनुशासन आवश्यक: महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताउनुभएको छ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औँ वार्षिक उत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताउनुभयो।

महासचिव पोखरेलले पार्टीमा वैरीहरुले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताउनुभयो। उहाँले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताउनुभयो ।

महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताउनुभयो। ‘देश बनाउने कुरा गफ गरेर हुँदैन। त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ’, उहाँले भन्नुभयो।

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताउनुभयो।