अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?


काठमाडौँ-हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।

मधेस प्रदेशमा दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। राति तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

गण्डकी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा दिउँसो पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । 

सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको छ । 

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।